सुनसरी, २४ फागुन । प्रतिनिधि सभा सदस्यका लागि सुनसरी क्षेत्र नं. १ बाट हर्क राज राई साम्पाङ निर्वाचित भएका छन्। श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका साम्पाङले ३५ हजार ७४१ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्।
उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी की उम्मेदवार गोमा तामाङ ले २७ हजार २४९ मत प्राप्त गरेकी छन्।
त्यस्तै, नेकपा एमाले का उम्मेदवार टिकाराम लिम्बु ले ६ हजार ४६३ मत, नेपाली कम्युनिष्ट पार्टी का सूर्यबहादुर भट्टराई ले ६ हजार १८५ मत तथा नेपाली कांग्रेस का सुजेन्द्र तामाङ ले ३ हजार ९७० मत प्राप्त गरेका छन्।
साम्पाङ २०७९ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा धरान उपमहानगरपालिका का मेयरमा निर्वाचित भएका थिए। उनले करिब साढे तीन वर्ष मेयरको जिम्मेवारी सम्हालेका थिए।
निर्वाचन परिणाम सार्वजनिक भएपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै साम्पाङले जनताले दिएको म्यान्डेटअनुसार संसदमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए। उनले प्रधानमन्त्रीका लागि रवि लामिछाने लाई अगाडि सार्नुपर्ने सुझाव समेत दिएका छन्।
सुनसरी१ मा साम्पाङसहित कुल २६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए। सुनसरी–१ अन्तर्गत धरान उपमहानगरपालिका का वडा १ देखि २०, बराहक्षेत्र नगरपालिका का वडा १ देखि ५ तथा रामधुनी नगरपालिका का वडा ५ र ७ समेटिएका छन्।
यी क्षेत्रमा कुल १ लाख ५० हजार ३९३ मतदाता रहेकामा ८७ हजार ८६५ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।
https://www.facebook.com/share/v/1G7VogDr6g/


