सुनसरी -नेपाली कम्युनिस्ट पार्टी सुनसरी–१ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा धरान–१७ का निवर्तमान वडाध्यक्ष मनोज भट्टराई यतिबेला ‘तारा’ चुनाव चिन्ह लिएर चुनावी मैदानमा छन्। वडाध्यक्षका रूपमा कार्यरत रहँदा उनले धरान–१७ मा अघि बढाएका प्रमुख विकास तथा सामाजिक कार्यहरू यसप्रकार छन्:

???? सडक तथा पूर्वाधार

रेल्वे चोक विस्तार – करिब २०० मिटर लामो, ४ लेन (७२ फिट चौडाइ), करिब २ करोड लागत

सरस्वती ढल तथा करिडोर निर्माण – करिब ६ करोड लागत

अधिकांश भित्री सडकमा ढलसहित कालोपत्रे

ठकुरी खोलामा ह्युम पाइप राखी अस्थायी पुल निर्माण

सर्दु पुल निर्माणमा सक्रिय भूमिका – बराह र रामधुनी नगरपालिकासँग धरान जोड्ने महत्वपूर्ण पूर्वाधार

सरस्वती चोक–एकल महिला भवन जोड्ने पुल निर्माण

???? सार्वजनिक संरचना

वडा कार्यालय भवन निर्माण

२ स्थानमा सार्वजनिक शौचालय निर्माण

सुन्दर नमुना सामुदायिक भवन निर्माण

???? खानेपानी तथा सरसफाइ

नन्दपुर खानेपानीका लागि पट्नालीमा डिप बोरिङसहित ट्याङ्की निर्माण – करिब ६० लाख लागत

ढल व्यवस्थापन विस्तार तथा सुधार

???? धार्मिक तथा सामुदायिक संरचना

पट्नालीमा सन्तानेश्वर शिव मन्दिर निर्माण

???? शिक्षा तथा पुस्तकालय विकास

सुनौलो सामुदायिक पुस्तकालय स्थापना

विद्यार्थी उत्प्रेरणा कार्यक्रम अन्तर्गत ५ वटा सामुदायिक विद्यालयका कक्षा १–५ का विद्यार्थीलाई पोशाक वितरण

श्री पञ्चकन्या मावि, धरान–१७ मा +२ सञ्चालनमा सक्रिय भूमिका

सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक–विद्यार्थीलाई काठमाडौंस्थित प्रतिनिधि सभा अवलोकन भ्रमण

???? स्वास्थ्य तथा सामाजिक क्षेत्र

शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र निर्माण (धरान उपमहानगरपालिकामा एकमात्र)

ज्येष्ठ नागरिकका लागि धार्मिक भ्रमण कार्यक्रम

विजुवा मार्ग निवासी एकल तथा दलित महिला जानुका विश्वकर्माको घर निर्माण

कोभिड–१९ महामारीका बेला सचेत नागरिक समाजसँग सहकार्यमा

खाद्यान्न वितरण

४६ दिनसम्म दैनिक ३५० जनालाई खाना वितरण

क्वारेन्टाइन व्यवस्थापन

⚽ खेलकुद विकास

गोधुली क्लबद्वारा आयोजित वडा स्तरीय प्रतियोगितामा आयोजकको भूमिका

हराइजन क्लबको राष्ट्रिय बास्केटबल प्रतियोगितामा आयोजकका रूपमा योगदान

नमस्ते युवा क्लब, रेल्वे युवा क्लब, सिङ्मी युवा क्लब र पट्नाली फुटबल क्लबद्वारा आयोजित प्रतियोगितामा सहयोग तथा संरचनागत विकासमा योगदान

???? सुशासन तथा पारदर्शिता

दोस्रो कार्यकाल (०८० साउन) मा सेवा सुविधा नलिई राजश्व कोषमा जम्मा

पारदर्शिता, सामाजिक उत्तरदायित्व र सहकार्यमा जोड

वडास्तरमा पूर्वाधारदेखि सामाजिक क्षेत्रसम्मको सक्रिय भूमिकाले मनोज भट्टराई लाई स्थानीय विकाससँग प्रत्यक्ष रूपमा जोडिएको नेतृत्वका रूपमा स्थापित गरेको समर्थकहरूको दाबी छ।