धरान । सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै धरान नृत्यकला प्रतिष्ठान ले फागुन १५ गते शुक्रबार आयोजना गरेको रक्तदान कार्यक्रमबाट ३६ पिन्ट रगत संकलन भएको छ।

धरान–९ स्थित तिमल्सिना होटल अगाडि बिहान ७ बजेदेखि सञ्चालन भएको कार्यक्रममा स्थानीय युवा, कलाकार तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो।

समाजमा रगतको अभावलाई न्यूनीकरण गर्ने उद्देश्यसहित आयोजना गरिएको उक्त कार्यक्रममा उल्लेखनीय संख्यामा रक्तदाता सहभागी भएका थिए। प्रतिष्ठानले सांस्कृतिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वका कार्यलाई पनि निरन्तरता दिँदै आएको जनाएको छ।

आयोजकले रक्तदान जस्तो पुण्य कार्यमा सहभागी भई सहयोग गर्ने सम्पूर्ण रक्तदाताप्रति आभार व्यक्त गरेको छ।