धरान । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाल कम्युनिस्ट पार्टी (एमाले) का सुनसरी क्षेत्र नम्बर १ का प्रत्यक्ष उम्मेदवार टिकाराम लिम्बु ले आज धरान उपमहानगरपालिका वडा नम्बर ३ बाट घरदैलो अभियान सुरु गरेका छन्।

IMG_20260220_082325

घरदैलो कार्यक्रम वडा नम्बर ३ बाट सुरु भई क्रमशः वडा नम्बर ९ र १२ मा सञ्चालन हुने जनाइएको छ। कार्यक्रमको प्रारम्भ २०५२ सालका पूर्व वडा अध्यक्ष कृष्ण शाही को हातबाट टिका ग्रहण तथा शुभ–सगुन लिएर गरिएको थियो।

घरदैलोका क्रममा लिम्बुले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै क्षेत्रका समस्या तथा विकासका आवश्यकताबारे जानकारी लिएका छन्। उनले खानेपानीको दीर्घकालीन व्यवस्थापन, सर्दु जलाधार संरक्षण, ग्रामीण सडक स्तरोन्नति, कृषि तथा सिंचाइ विस्तार, युवालाई रोजगारी सिर्जना र औद्योगिक विकासलाई प्राथमिकतामा राख्ने बताएका छन्।

IMG_20260220_082613_1

त्यसैगरी शिक्षा, स्वास्थ्य, खेलकुद तथा धार्मिक–पर्यटन पूर्वाधार विकासलाई पनि आफ्नो मुख्य एजेन्डा बनाएको उनले उल्लेख गरेका छन्। घरदैलो कार्यक्रममा काेशी प्रदेशका पुर्व सभामुख प्रदीपकुमार भण्डारी , उपमेयर मन्जु भण्डारी , पार्टिका नगर सभापति हर्क एभेङ् लगायत पार्टीका नेता –कार्यकर्ता तथा समर्थकहरूको सहभागिता रहेको थियो।

IMG_20260220_082639

यसै क्षेत्रका लागि एमालेबाट समानुपातिक उम्मेदवारका रूपमा मौसमी राई पनि रहेकी छन्।