धरान । चौबिसे गाउँपालिका राजारानी धनकुटाको पुण्य उच्च मा.बि.मा अध्ययनरत दश जोड दुईका बिद्यार्थीहरुले बिभिन्न रोवट तथा यान्त्रिक सामाग्रीहरु बनाएका छन् ।

कक्षा १२ को बिभिन्न संकायमा अध्ययनरत पुण्य क्रियटिभिटी हब कम्युनिटीका सात जना बिद्यार्थीहरु र तीन जना प्रशिक्षकहरुको एक महिने प्रयासमा उक्त सामाग्रीहरु निर्माण गरिएको हो ।

बिद्यार्थीहरुले हातले नछोई सेन्सरबाट बिर्को उघ्रने डस्वीन र ब्लुतुथ प्रणालीबाट चल्ने रिमोट कन्ट्रोल कार,अफ्ट्रयाकल अभोईडिङ्ग कार बनाएका छन् ।

यस सामाग्रीहरु आगामी दिनमा आम मानिसको जनजीवनमा प्रयोग हुने घरायसी सामाग्री निर्माण गर्नका लागि आधारशिलाका लागि बनाईएको आयोजनाका फाउण्डर तथा प्रशिक्षक रामचन्द्र लिम्बूले जानकारी दिनुभयो ।

बिद्यार्थीहरुले निर्माण गरेको सामाग्रीहरु चौबिसे गाउँपालिकामा प्रदर्शन गरेका छन् ।

प्रदर्शन हेरेपछि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पर्शुराम दाहाल,उपाध्यक्ष टंकमायाँ पाङ्मी तथा पालिका अध्यक्ष राजकुमार चेम्जोङ्गले बिद्यार्थीहरुलाई थप कार्यसफलताको बधाई ज्ञापन गर्नुभएको थियो ।

बिद्यार्थीहरुको प्रगति प्रति खुशी ब्यक्त गर्दै पालिका अध्यक्ष चेम्जोङ्गले थप आयोजनाको काम गर्न पालिकाले सकेको सहयोग गर्ने बचन दिनुभयो ।

कार्यक्रममा पालिकाका लेखा प्रमुख सोबिस तुम्बा,स्थानीय नेता जीवन कटुवाल,निर्माण ब्यबसायी बलदिव राई तथा शिक्षा शाखाका प्रमुख लगाएतको उपस्थिति रहेको थियो ।