धरान :दुर्ब्यसनीबाट छुटेका युवाहरुलाई सामाजिकीकरण गर्ने उद्देश्यले धरानमा ‘तेस्रो अन्तरास्ट्रिय आमन्त्रण सञ्जिवनी फुटसल प्रतियोगिता’ आउदो असोज पहिलो साता आयोजना हुने भएको छ ।सञ्जिवनी केन्द्र धरान-१३ को आयोजनामा असोज ३, ४ र ५ गते प्रतियोगिता आयोजना हुने भएको हो ! प्रतियोगितामा धरान, पोखरा, काठमाडौ, चितवन, झापा, मोरङ र छिमेकी मुलुक भारत, भुटानका टिमहरुले सहभागिता जनाउने केन्द्रका अध्यक्ष सम्पूर्ण ताम्राकारले बताउनुभयो ! प्रतियोगितामा सहभागि टिम तथा खेलाडिहरु पुनःर्स्थापना केन्द्रको प्रतिनिधित्व भएर सहभागिता जनाउन पर्ने आयोजकले पत्रकार सम्मेलन गर्दै जनाएको छ । प्रतियोगितामा ओपन रिकभरिङ टिम, भेटान टिम र महिला टिमको भिन्न भिन्नै प्रतिस्पर्धा हुने जनाइएको छ ! केन्द्रका अनुसार भेट्रान टिममा ४० वर्ष पुगेका २ जना र वाँकी खेलाडी ४२ वर्ष माथिका हुनु पर्नेछ । प्रतियोगितामा ओपन रिकभरिङतर्फ बिजेतालाई नगद दुई लाखसहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ! यस्तै, उपबिजेतालाई नगद १ लाख सहित टफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ ! भेट्रान तर्फ बिजेताले नगद ५० हजार, उपबिजेताले नगद ३० हजार र तेस्रोले २० हजारसहित ट्रफि, मेडल र प्रमाण-पत्र प्राप्त गर्ने छन ! महिला तर्फ बिजेता नगद २० हजार र उपबिजेताले नगद १० हजार, ढफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन । प्रतियोगितामा बिधागत पुरस्कार तर्फ उत्कृष्ट खेलाडि र गोलकिपरले जनही नगद ५ हजार, ट्रफि र प्रमाण-पत्र प्राप्त गर्नेछ । यसैगरी ओपन रिकभरिङ प्रतियोगिता तर्फ सेमिफाइनलदेखि म्यान अफ द म्याच पुरस्कार प्रदान गरिने छ । म्यान अफ द म्याचले नगद पुरस्कार, ट्रफि र प्रमाण-पत्र प्राप्त गर्नेछन् । संजिवनी केन्द्र" युवाहरुलाई लागु औषध दुर्व्यसनी वाट मुक्त गराउन तथा परामर्शका लागि स्थापना भएको संस्था हो । यो संस्था २०६५ सालमा स्थापना भएको संस्था हो ।


