धरान । भारतीय राजदूतावास, रक्षा सहचारी, कर्नेल बि सुब्रमण्यम पहिलो पटक पूर्वको भ्रमणमा आएका छन् । रक्षा सहचारी कर्नेल बि सुब्रमण्यमले धरान को भ्रमण को क्रम मा पी पी ओ धरान ले पेन्सन मुद्दा समाधान र  गुनासो निवारण मा चालेका कदमको  खुलेर प्रशंसा गर्नु भयो ।  उनले  आफ्नो कार्यकाल मा कार्य प्रणाली लाई अझ प्रभावकारी र पारदर्शी बनाउनका सहयोग गर्ने  प्रतिबद्धता व्यक्त गरे   । 
vupu5
नेपालमा रहेका  भू पू तथा तिनका आश्रितहरूकाे हक अधिकार सुनिश्चिता गर्नको लागि हर कदम प्रयास गरिने पनि प्रतिवद्धता व्यक्त गरे   । भारतीय सेनामा गोर्खा फौजको अब्बल दर्जा रही आएका र  उनिहहरुको हकअधिकारको लागी भारत सारकार कटिबद्ध रहेको बताए   ।  उनले सो अवसरमा वीर नारीहरूलाई उपहार, भू पू को छोरा(छोरीलाई शिक्षा सहयता प्रदान, असक्त भूतपूर्व सैनिकहरूलाई विह्वल  चियर तथा वाकिङ्ग स्टीक, पहिलो पेन्सन भुक्तानी पि पिओ र भौचर, राष्ट्रपति द्वारा हस्ताक्षरित कदर पत्र, साथै वीरता पदक धारीहरूलाई दोसल्ला ओढाई सम्मान गरे  । पुर्वावाञ्चलवासी सम्पूर्ण भारतीय भूतपूर्व सैनिक तथा तिनका आश्रीतपरिवारहरुलाई धन्यवाद दिए  । उनले  नवनिर्मित मुख्य प्रवेश द्वार, पार्किङ सेड, र पेन्शनर सेडको उद्घाटन गरे  ।   
vupu 3
सोही कार्यक्रमको दौरान उनले पेन्सन वितरण कार्यालय धरान द्वारा आयोजना गरिएको छैटौँ इन्टर भू. पू. समिति ब्याडमिन्टन प्रतियोगिता  उद्घाटनसमेत गरेका थिए ।  छैटौँ अन्तर  भू. पू. समिति ब्याडमिन्टन प्रतियोगितामा पुर्वाञ्चलवासी भारतीय भूतपूर्व सैनिक, तिनका आश्रित तथा छोराछोरीको स्वास्थ्यलाई मध्य नजर गरेर हरेक वर्ष हुँदै आएको छ ।  अन्तर  भू पू ब्याडमिन्टन च्याम्पियनसिप प्रतियोगितामा यस वर्ष १८ भू पू समितिबाट १सय१० टिमको सहभागिता रहेको छ  ।
                                                                          vupu 7
 धरान सँगै कोसी प्रदेशका अन्य जिल्लाहरूको भ्रमण गर्ने तालिका रहेको भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय,धरानले जनाएको छ ।  उनले  धरान अवस्थित दन्तकाली, पिण्डेश्वर बाबा धाम र बुढासुब्बा मन्दिरको पनि दर्शन गरेका छन् । साथै उनले  धनकुटा जिल्लाको भेडेटार परिक्रमा, पाथीभरा माताको दर्शन  समेत गरेका  थिए ।  गत सोमवार धरान आएका कर्नेल बि सुब्रमणीयमलाई  भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय,धराका प्रभारी अधिकारी मेजर भरत कनोजियाले   औपचारिक रूपमा  स्वागत गरेका थिए । कर्नेल बि सुब्रमणीयम,  पूर्वाञ्चलको झापा जिल्लाको दमक, सुनसरी जिल्लाको इटहरीमा भू पू समितिबाट आयोजना गरिएको कार्यक्रममा  सहभागी भई भू पू तथा तिनका आश्रितहरू लाई सम्बोधन  समेत गरेका थिए  ।  उनी जीवनसंगीनी श्रीमती कामाक्षी सहित  पूर्वाञ्चलमा पहिलो पटक भ्रमणमा आएका हुन्    ।  vu pu 1