धरान धरानमा पहिलो पटक अत्याधुनिक फोर डी भिडियो एक्स-रे  सेवा सुचारु हुने भएको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मुख्य प्रवेश द्वार अगाडी रहेको  अमर पोलिक्लिनिकले अत्याधुनिक फोर डी भिडियो एक्स-रे   सेवा श्रावण २० आइतबार देखी सञ्चालनमा ल्याउने भएको हो । अमर  पोलिक्लिनिकले सामसुङ कम्पनीको भि सिक्स मोडलको पछिल्लो हाई भर्सन फोर डी भिडियो एक्स-रे मेशिन खरिद गरी सञ्चालनमा ल्याउन लागेको हो । मेसिन धरान आइसकेको र आइतबार वाट नियमित सेवा सञ्चालन हुने पोलिक्लिनिकल सञ्चालिका पुनम सुब्बाले बताइन । उनका अनुसार काठमाडौँ र विराटनगर पछि पोलिक्लिनिकले एक करोड लगानी  यो मेसिन ल्याएको हो  ।  पोलिक्लिनिकमा रेडियोलोजिस्ट डाक्टर रक्षा भट्टराईले नियमित १० देखि ४ बजेसम्म सेवा दिने  छिन् । सिएम (सर्टिफिकेट अफ मेरिट) होल्डर समेत रहेकी डाक्टर भट्टराईले  बिपी कोइराला स्वास्थ्य विज्ञान  प्रतिष्ठानबाट रेडियोलोजिस्टमा एमडी गरेकी छिन् ।
मेशनिले कलेजो सम्बन्धि ईलास्ट्रोग्राफि(ELASTOGRAPHY) तथा इकाे (ECHO सेवा पनि गर्न सकिन्छ ।मेशिनबाट कलेजोमा बोसोको मात्रा कति छ  अथवा कलेजो कति प्रतिशत राम्रो छ भनेर हेर्न सकिने तथा मुटुको भिडियो एक्स-रे (ECHO)  गर्न मिल्छ । मेशिनले गर्भ अवस्थामा रहेको शिशु पुर्णरुपमा स्वास्थ्य छ,छैन भनेर हेर्न  मिल्ने भएकाले  गर्भवती महिलालाई ठुलो राहत पुग्ने सञ्चालिका सुब्बाको दाबी छ । यो मेसिन वाट गर्वमा रहेका शिशुको अवस्था हेर्न मिल्ने तथा फोटो समेत लिन मिल्ने भएको ले अभिभावकले मागेमा गर्भमा रहेको शिशुको अनुहारको फोटो समेत उपलब्ध गराउने व्यवस्था समेत रहेको पोलिक्लिनिकले जनाएको छ । यो मेसिन वाट सेवा सुचारु भए पछि अव महँगो रकम खर्चेर विराटनगर तथा  काठमाडौँ जाने बाध्यता हट्ने विश्वास पोलिक्लिनिकको रहेको छ । पोलिक्लिनिकले सर्व सुलभ मुल्यमा यो सेवा दिने सञ्चालिका सुब्बाले जानकारी दिइन ।