धरान । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन् । मुख्यमन्त्रिकार्कीले प्रदेशसभामा रहेका मध्येबाट दुई तिहाइबढी मत प्राप्त गरेका हुन् । आफ्नो पाटिले माओवादीका इन्द्र आङ्बोलाई मुख्यमन्त्रीको रुपमा अघि सार्ने भएपछि कांग्रेसबाट विद्रोह गरेर नेकपा एमालेसँग समीकरण बनाइ कार्की मुख्यमन्त्री बनेका थिए । कार्कीको नियुक्त हुनासाथ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देउवा–शेखरसहितको ‘चिर्केटो सम्झौता’ उद्धृत गर्दै उनी गठबन्धनकै मुख्यमन्त्री भएको बताएका थिए । ९३ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री कार्कीको पक्षमा ८६ मत पाए भने विपक्षमा ५ जनामात्रै रहे । राप्रपाका एक सांसद अनुपस्थित रहे । संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री बनेका कार्कीलाई कांग्रेस, एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाले विश्वासको मत दिएका हुन् । यहाँ एमालेको उपसभामुखसहित ४०, कांग्रेसको २८, माओवादी केन्द्रको १३, नेकपा एसको ४ र जसपाका एकजना सांसद छन् ।
अवको सरकार काग्रेस एमालेको ः पुर्व मुख्यमन्त्रि कार्की
कोशी प्रदेश एमाले संसदीय दलका नेता हिक्मत कार्कीले मध्यावधि निर्वाचन रोक्न केदार कार्कीलाई मुख्यमन्त्रीमा सहयोग गरेको बताएका छन् । पटक पटक सरकार फेरिदा सघीयतकै बिषयमा नकारात्मक असर पर्ने अवस्था आएको वताउदै उनले संघीयताको रक्षाको लागी पनि कार्कीलाई समर्थन गरेको वताए । संविधान अनुसार मुख्यमन्त्री कार्कीले आवश्यक सांसदको हस्ताक्षर लिएर आएपछि एमालेले संस्थागत रूपमा सहयोग गरेको प्रस्ट पारे । संविधानमा उल्लेखित धारा अनुसार सरकार गठनको अन्तिम विकल्पको रूपमा केदार कार्कीलाई समर्थन गर्न बाध्य भएको उनको धारणा छ । अहिलेको आवश्यकता काग्रेस एमालेको संयुक्त सरकार भएको कार्कीको भनाई थियो । गठबन्धनले सरकार बनाउन नसक्ने र बनाएपनि टिक्न नसक्ने प्रमाणित भइसकेकोले आफूहरुले मध्यावधि रोक्न कार्कीलाई समर्थन गर्दा यसलाई विथोल्ने प्रयास भइहरेको उनको भनाइ थियो । गठबन्धनको नामा फेरि पनि जबरजस्ती गरे मध्यावधिको जोखिम रहेको भन्दै उनले एमाले र काँग्रेस मिलेर सरकार चलाउने धाराणा गरेका थिए ।
एमाले सरकारबाट बाहिरिनुपर्छ ः आङ्बो
नेकपा माओवादी केन्द्र को कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले नेकपा एमाले सरकार वाट अब बाहिरिनुपर्ने बताएका छन् । बुधबार मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभामा विश्वासको मत पाएपछि सञ्चारकर्मीसँग कुरा गर्दै आङ्बोले एमालेले अब सरकारबाट बाहिरिएर नैतिकता देखाउनु पर्ने बताए । उनले केदार कार्कीको सरकार गठबन्धनको भएकोले एमाले जबरजस्ती घुसेकोले अव सत्तावाट वाहिरिन पर्ने वताए । आफूहरुले गठबन्धनको स्पिरिटअनुसार मुख्यमन्त्रीलाई निसर्त मत दिएको उनको भनाई थियो ।


