धरान।  धरानका गायक सञ्जीव लामाको पुरानो गीत ‘सेनोरिटा’ को नयाँ भर्सनको भिडियो सार्वजनिक भएको छ ।हङकङमा छायांकन गरिएको गीतको भिडियोमा गायक लामा र  स्थानीय मोडेल अम्बिका तामाङलाई फिचर गरियेकोच छ।विदेशमा बसेपनि आफ्नो सांगीतिक यात्रालाइ गीत तथा भिडियो मार्फत बेला-बेलामा अघि बढाई राख्ने गायक लामाले आफ्नो २० बर्ष अघिको अल्बम ‘सेनोरिटा’मा संग्रहित शिर्ष गीतलाई पुन नयाँ संयोजनमा सार्वजनिक गरेका हुन्।

WhatsApp Audio 2023-10-18 at 11.05.20 AM.mp4.Still003

  हंगकंगको  एनएचडिडि स्टुडियोका सञ्चालक देवमान लिम्बुको निर्देशन तथा  छायाँकन रहेको  गीतको शब्द तथा संगीत सविन राईको रहेको छ । मनोज मोतेको संगीत संयोजन रहेको गीतको भिडियोको  सम्पादन आदर्श थापा मगर, भिएफएक्स केन्जो राई र कलरिङ तथा क्रियटिभ डाईरेक्सन युबी मगरले गरेका छन् । एनएचडिडि स्टुडियोको १३ औं वार्षिकोत्सवको अवसर पारी भिडियो निर्माण गरिएको र  अब मनोरंजन क्षेत्रमा समेत एनएचडिडि स्टुडियोलाई अघि लैजाने संचालक देवमान लिम्बुले बताए।  भिडियो एनएचडिडि स्टुडियो एचकेको युट्युब च्यानलबाट सार्वजनिक गरिएकोछ ।

 https://youtu.be/u3J2_r4gefs