धरान । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महान् क्रान्तिहरूसँगै भयानक प्रतिक्रान्तिको जन्म भइरहने बताउँदै क्रान्तिकारीहरूले निरन्तर संघर्ष गर्नुपर्ने बताउनुभएको छ।

शनिबार दिउँसो नेकपा (माओवादी केन्द्र) का सचिव एवं पूर्वमन्त्री राम कार्कीद्वारा लिखित पुस्तक ‘‘विकल्प, समता, समाजवाद र मुक्त दुनिया’ पुस्तकको लोकार्पण गर्दै प्रधानमन्त्री प्रचण्डले क्रान्ति र प्रतिक्रान्ति सामाजिक विज्ञानको अनिवार्य नियम भएको बताउँदै एकपटक क्रान्ति गरेपछि त्यो सधैंका लागि हुन्छ भन्ने मानसिकताबाट माथि उठेर मात्र निरन्तर क्रान्ति सम्भव रहेको बताउनुभयो ।