विराटनगर ः नेकपा (एमाले)का अध्यक्ष तथा पुर्व प्रधानमन्त्रि केपी शर्मा ओलीले नेकपा ब्युतिने संभावना नरहेको दावि गरेका छन् । उनले कम्युनिस्ट आन्दोलन बिगार्ने माधव कुमार नेपाल र प्रचण्डहरूले नेकपा ब्युँताउने भनेर हावादारी कुरा गरिरहेको आरोप लगाए । ओलीले दुई तिहाइ पुगेको पार्टीलाई पटकपटक फुटाउनेहरू अहिले कार्यकर्ता अल्मल्याउने काममा सक्रिय भएको आरोप लगाए । दुईदुईपटक पार्टी फुटेको वताउदै ओलिने मूलरूपमा अदालतले नभई प्रचण्ड र माधवहरूले फुटाएको आरोप लगाउदै अहिले उनीहरू कम्युनिस्टको बर्को ओढेर कांग्रेसको पछि लुरुलुरु लागेका टिप्पणी गरे । नेपाल र प्रचण्ड प्रति आक्रमक रुपमा प्रस्तुत भएका उनले कम्युनिष्टको खोल ओडेर पुष्पकमल दाहाल ’प्रचण्ड’ र माधव नेपालले नेपालमा कम्युष्टि सक्न लागि परेको आरोप लगाएका छन् । ओलीले प्रचण्ड र नेपाल कम्युनिष्टको बर्को ओढेर कांग्रेसको पछि लागेको आरोप समेत लगाए । एमालेको कोसी प्रदेश अधिवेशन उद्घाटन कार्यक्रममा ओलीले तत्कालिन नेकपा भित्रका ’बिकाउ माल’ हरू र कम्युनिस्टको खोल ओढेर बसेकाहरूले कम्युनिस्ट पार्टी फुटाएको आरोप लगाए । बर्कोभित्र छुरा लुकाएकाहरू बसेकाहरूले एमालेलाई आपत् परेको बेला मैदानमा उत्रिएर प्रहार गरेको उनको आरोप थियो । एमालेले राम्रो काम गरेकोले नीति र नेतृत्वसँग आतंकित भएपछि अनि षड्यन्त्र सुरु भएको उनको भनाई थियो । माधव र प्रचण्डले कम्युनिस्ट बनेर कम्युनिस्ट सक्ने काम आरोप लगाउदै उनले आफुले पार्टी जोगाउने प्रयास गरिहरदा माधव र प्रचण्डले भने हदैसम्म कम्युनिस्ट पार्टी फुटाउने र सरकार ढाल्नेसम्मको काम गरेको ओलीको दावि थियो । उनले दक्षिणपन्थी सरकार बनाउन पाऊँ भनेर अदालतसमक्ष निवेदन दिए पछि नेकपा (एमाले) सरकारबाट हट्न बाध्य भएको वताए । ओलीले कम्युनिस्ट आन्दोलन बिगार्ने नेपाल र प्रचण्डहरूले अहिले नेकपा ब्युँताउने भनेर हावादारी कुरा गरिरहेको बताए । ओलीले दुई तिहाइ पुगेको पार्टीलाई पटकपटक फुटाउनेहरू अहिले कार्यकर्ता अल्मल्याउने काममा सक्रिय भएको आरोप लगाए । माओवादी र समाजवादी पाटिमा गएका धेरै कार्यकर्ता एमालेमा फर्किसकेको उनको दावि थियो । ओलीले एमालेले राम्रो काम गरेकै कारण विरोधीहरू आत्तिएको र सरकार कसरी ढल्यो भन्ने सबैलाई थाहा भएको सुनाए । समृद्ध नेपाल निर्माण गर्ने बाटोमा हिडिँरहेको एमालेविरुद्ध विभिन्न तरिकाले घेराबन्दी भइरहेको वताउदै उनले अहिलेको आवश्वयकता सहमतित र एकता भएको वताए । उनले भने मिसन ८४ अगाडी सारेकाले हरेक ठाउँ र हरेक वडामामा एमाले ५१ प्रतिशत हुनु पर्ने बताए । उनले हरेक टोल र घरमा पार्टीको सङठन पु¥याउनु पर्ने बताए । मिशन ८४ मा बहुमत मात्रै होइन कम्तिमा ५१ प्रतिशत एमाले हुनु पर्ने बताए । आपसि समझदारी र सहमतिमा कोशी प्रदेशको नेतृत्व चयन गर्न निर्देशन दिएका छन् । उनले सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्न सुझाव दिए । समृद्ध नेपाल निर्माण गर्ने बाटोमा हिडिँरहेको एमालेविरुद्ध विभिन्न तरिकाले घेराबन्दी भइरहेको वताउदै उनले अहिलेको आवश्वयकता सहमतित र एकता भएको वताए ।


