धरानं । सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्रि उद्धब थापाको नियुक्ती वदर गरेको छ । न्यायाधीश ईश्वर प्रसाद खतिवडा,आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले उद्धब थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले गरेको मुख्यमन्त्री नियुक्ति बदर गरेको हो । सरकार गठनमा सभामुख बाबुराम गौतमकाको सहभागिता संविधान विपरित रहेकेा सर्वोच्चले ठहर समेत गरेको छ । सर्वोच्चले संविधानको धारा १६८ -२_ अन्तर्गत नै पुन सरकार गठनको आदेश दिएको छ । न्यायाधीश सुष्मालता माथेमा र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले रिटलाई सोमबार पूर्णइजलासमा पठाएको थियो । गत २१ असारमा कांग्रेस सांसद उद्धव थापा सभामुख बाबुराम गौतमसमेतको हस्ताक्षरमा बहुमत पु¥याएर मुख्यमन्त्री नियुक्ति गरेको विषय संविधानविपरीत भन्दै नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए । गठबन्धनको वहुमत नपुग्ने भएपछि अव निवर्तमान मुख्यमन्त्रि हिक्मतकुमार कार्कीनै मुख्यमन्त्रि नियुक्ती हुने भएका छन् ।
धारा १६८ -२_ अन्तर्गत एमालेले दावि नगर्ने
कोशी प्रदेशमा सर्वाेच्चको आदेश अनुसार अव सात दिन भित्रमा संविधानको धारा १६८ -२_ अन्तर्गत नै पुन सरकार गठन गर्नु पर्ने हुन्छ । तर गठबन्धन दलमा वहुमत पुर्याउन सक्ने अवस्था छैन । यता नेकपा एमालेले बहुमत सदस्यको हस्ताक्षर लिएर कोशी प्रदेश सरकार गठनको दाबी गर्न प्रदेश प्रमुख समक्ष नजाने भएको छ । रिटको विषयमा फैसला भएपछि एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारीले धारा १६८ -२_ अन्तरगत रहेर सरकार गठनको दाबी नगर्ने बताए । उनले कोशी प्रदेश सभामा भएको दलहरूको सदस्य सख्याका आधारमा काङ्ग्रेस सहितको सत्तारुढ गठबन्धनको बहुमत नपुग्ने र धारा १६८-#_ अन्तर्गत सरकार गठन हुने दाबी गरे । सर्वोच्चले १६८-२_ अन्तर्गत रहेर सरकार दिएको समयमा सरकार गठन हुन नसक्ने भन्दै एमाले नेतृत्वको सरकार स्वतः बन्ने बताए ।













