धरान ।  विश्व खेलकुदको सबै भन्दा ठुलो महाकुम्भ फिफा विश्वकप आज आइतबार बाट कतारमा औपचारिक रुपमा सुरु हुँदैछ । फिफा विश्वकप २०२२ आयोजक राष्ट्र कतार रहेको छ । 

आज राति नेपाली समय ९:४५ बजेबाट ६० हजार दर्शक क्षमता भएको अल बायत स्टेडियममा विश्वकप सुरु हुदैँछ । 

आजको उद्घाटन खेलमा आयोजक राष्ट्र कतारले इक्वेडर संग भिड्ने छ भने दोस्रो खेल सोमबार साँझ इंल्यान्ड र इरानबिच हुनेछ ।