देशभर पछिल्लो २४ घण्टामा ६ हजार नौ सय ३७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । २० हजार नौ सय ९२ जनाको परीक्षण गर्दा ६ हजार नौ सय ३७ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पिसिआर विधिबाट २० हजार चार सय १४ र एन्टिजेन विधिबाट पाँच सय ७८ जनाको परीक्षण गर्दा क्रमशः ६ हजार सात सय ३१ र दुई सय आठ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कोरोना भाइरस सङ्क्रमित पाँच लाख ४२ हजार दुई सय ५६ पुगेका छन् । अहिले देशभर एक लाख १६ हजार चार सय ७६ सक्रिय सङ्क्रमित छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा सात हजा दुई सय २६ सङ्क्रमित निको भएका छन् । मन्त्रालयका अनुसार यससँगै कोरोनामुक्त हुनेको सङ्ख्या चार लाख १८ हजार आठ सय २९ पुगेको छ । निको हुने दर भने ७७ दशमलब दुई प्रतिशत छ ।

यसैगरी, पछिल्लो समय कोरोनाका कारण एक सय ६ जनाको मृत्यु भएको छ । हालसम्म ६ हजार नौ सय ५१ जनाले कोरोनाको कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।